सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडाैं | पुस १४, २०७९

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ:   सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको टुङ्गो लगाउने जनाएको छ । प्रदेश सरकार गठनको विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् । 


बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी), जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधि लगायत स्वतन्त्र संसदहरुको उपस्थिति रहेको छ । 

काठमाडौं:  साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ ल...

थप पढ्नुहोस्

म्याग्दी:   कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  सडक डिभिजन कार्याल...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा सं...

थप पढ्नुहोस्